पिएसजीलाई हराउँदै बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  

गएराति भएको दोस्रो लेगमा बायर्नले पिएसजीलाई २–० ले हरायो । योसँगै समग्रमा बायर्नले पिएसजीलाई ३–० ले हराउँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरको बाटो देखायो ।   

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नलाई जिताउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । खेलको ६१औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि खेलको अन्त्यतिर ८९ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए । योसँगै स्टार खेलाडीले भरिपूर्ण लिग लिडर पिएसजी पछिल्लो सातमध्ये पाँचपटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ।

यता ६ पटकको युरोपेली च्याम्पियन बायर्नले पहिलो लेगमा लिएको एक गोलको अग्रता तथा केलियन एम्बाप्पे र लियोनेल मेस्सीको आक्रमण जोगाउँदै सानदार जित निकालेको हो । 





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार ७:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया