logo-img

विश्वकप लिग–२ : पिएनजीविरुद्ध आसिफको उत्कृष्ट अर्धशतक

आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाली टोलीका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले कीर्तिपुरस्थित त्रिवि मैदानमा ४७ बलमा दुई छक्का र पाँच चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । 

सुरुवातमै दुईपटक जीवनदान पाएका आसिफले त्यसको फाइदा उठाउँदै आक्रामक अर्धशतक बनाए । एकदिवसीयमा उनको यो आठौँ अर्धशतक हो । योसँगै आसिफले कप्तान रोहितकुमार पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्लको रेकर्ड तोडेका छन् । पौडेल र मल्ललको नाममा ओडिआईमा सात/सात अर्धशतक छ । 

सिरिजको पहिलो खेलमा पिएनजीविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले २१ ओभरमा दुई विकेटको क्षतिमा १२० रन बनाएको छ ।    



शीर्ष तीनमा रहँदै सिधै एकदिवसीय विश्वकप छनोट सम्भावना जीवित राख्न नेपालले चारवटै खेल जित्नुको विकल्प छैन । नेपाल अहिले ३२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ३२ खेल खेलेको नेपालले १५ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । तेस्रो स्थानमा रहेको नामिबियाले ३६ म्याचबाट ३९ अंक जोडेको छ ।   

पुछारमा रहेको पिएनजीले ९ अंक मात्र जोड्न सकेको छ । उसले ३२ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ । छैटौँ स्थानमा रहेको यूएईले ३२ म्याच खेल्दा १४ मा जित, १५ मा हार तथा तीन खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड र ओमानले भने शीर्ष दुईभित्र स्थान बनाउँदै सिधै विश्वकप छनोटको यात्रा तय गरिसकेका छन् ।





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार १०:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया