सिन्धुलीमा बस दुर्घटना, पाँचजनाको मृत्यु

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । 

सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । 

बसमा २० यात्रु रहेको प्रहरीको अनुमान छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १०:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया