logo-img

इराकमा २२ इस्लामिक स्टेटका लडाकु मारिए

इराकको पश्चिमी प्रान्त अन्बारमा भएको कारबाहीमा केही नेताहरूसहित २२ इस्लामिक स्टेटका लडाकु मारिएको  इराकी सेनाले आइतबार जनाएको छ ।

इराकी काउन्टर–टेररिज्म सर्भिसका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल वहाब अल–सादीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार दुई चरणमा हवाई सेनाले रुत्बा सहरबाट करिब चार सय किलोमिटर पश्चिम उत्तरमा रहेको दुर्गम क्षेत्रमा कारबाही गरेको थियो ।

मारिएका सबै लडाकूहरूले विस्फोटक बेल्ट लगाएका थिए भने मारिएकाहरूमा केही वरिष्ठ नेताहरू पनि रहेका छन् । पछिल्लो समय इराकी सुरक्षा बलहरूले चरमपन्थी लडाकूहरूविरुद्ध तिनीहरूको तीव्र गतिविधिलाई रोक्नका लागि अपरेसनहरू सञ्चालन गरेका छन् ।



सन् २०१७ आइएसको पराजय पछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ । यद्यपि सहरी केन्द्रहरू र दुर्गम क्षेत्रहरूमा लुकेर सुरक्षा बल र नागरिकहरूविरुद्ध बारम्बार छापामार आक्रमण गर्दै आएका छन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार २२:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया