logo-img

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएका हुन् ।

स्थानीय पत्रकार दयाराज न्यौपानेका अनुसार घाइतेको अवस्था सामान्य छ । घाइतेको हात र मुखमा सामान्य चोट लागेको छ । घरमा भने क्षति पुगेको छ ।

स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ।  खाना पकाउने क्रममा एक्कासी ग्यास पड्किएको हो । 







  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार ९:११:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया