सिन्धुपाल्चोकको इन्द्रावती क्याम्पसमा गोला तानेर स्ववियु सभापति

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित इन्द्रावती बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका किसन दुलाल विजयी भएका छन् । उनी गोला प्रणालीबाट सभापतिमा विजयी भएका हुन् ।  

आइतबार भएको मतगणनामा अनेरास्ववियुका दुलाल १०८ र नेविसंघका सरोज बस्नेतले १०८ बराबरी मत ल्याएपछि पुनः मतगणना गरिएको थियो ।  

अन्तिममा दुवै पक्षबाट गोला प्रणालीबाट सभापति चुनिने सहमति भएपछि अनेरास्ववियुका दुलाल विजयी भए ।

२ सय ४२ मत खसेकोमा अन्य सचिव, कोषाध्यक्ष र सदस्य पदमा भने अनेरास्ववियु क्रान्तिकारी, अखिल र राप्रपाका उम्मेदवार विजयी भएका छन् । 





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार ७:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया