प्रधानमन्त्रीले बाटो फेर्नुभयो, हामी अहिले नै विश्वासको मत दिन सक्दैनौँ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् । 
 
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले केही दिनअघि मात्र सरकारबाट अलग भएको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताए । 
 
अध्यक्ष लिङ्देनले भने, ‘विकास, सुशासन र सेवा प्रवाहमा एकाकार भएर काम गर्ने अठोट गरिएकामा सत्ता घटकलाई समेत जानकारी नदिइ बाटो फेर्नुभयो, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ ।’
 
उनले देशको अर्थतन्त्रको अवस्था बाहिर देखिएको जस्ता सजिलो नरहेको बताए ।  





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १५:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया