सीताराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसघंको प्यानल निर्विरोध

डोटीको एक क्याम्पसमा नेपाल विद्यार्थी संघको टिम नै निर्विरोध निर्वाचित भएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा नेविसंघले पहिलो खाता खोलेको हो । 

जिल्लाको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानल नै निर्विरोध निवार्चित भएको हो । अन्य कुनै पनि पार्टीको उम्मेदवारी नपरेपछि नेविसंघका उम्मेदवारलाई निर्वाचन समितिले विजयी घोषणा गरेको हो ।

सभापतिमा उमेश बलायर, सचिवमा मनीषा कुमारी भट्ट र कोषाध्यक्षमा ललितबहादुर साउँद निर्वाचित भएका छन् । उक्त क्याम्पसमा तीन विधार्थी संगठन दर्ता भए पनि सभापतिमा नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दिएका थिए । 

तर, दाबी विरोधमा अनेरास्ववियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेविसंघका उम्मेदवारी निर्विरोध विजयी भएको क्याम्पस प्रमुख चेतराज भट्टले बताए । उक्त क्याम्पसमा ५८ मतदाता रहेका थिए ।





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १८:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया