बागमती सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

नेकपा एमालेबाट बागमती प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । 

प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीहरूले सदनभित्रै मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउँदै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।

एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । 





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १७:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया