सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सोमबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका हुन् । 

बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डले जानकारी गराएको बताए। 

सबै दलसँग छलफल गरेर प्रधानमन्त्रीले आइतबार गठबन्धन बैठकमा मन्त्रीहरूको नाम माग गर्ने पौडेलले जानकारी दिए। कांग्रेसलयागत सत्तारुढ अन्य दलहरुले पनि मन्त्री चयनका लागि बैठक गरिरहेका छन् ।  

माओावादी बैठकले संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुंग्याउन अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । 

त्यस्तै, बैठकमा प्रदेशका सरकार पनि आलोपालो अनुसार तथा बजेट, नीति तथा कार्यक्रममा संघसँग जोड्ने गरी गतिशील बनाएर अघि बढ्ने निर्णय भएको पौडेलले बताए। 





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १८:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया