चितवन–२ मा रवि लामिछानेलाई समर्थन गर्ने जगन्नाथ पौडेलको घोषणा
फाइल तस्बिर

कांग्रेस नेता जगन्नाथ पौडेलले चितवन–२ मा हुने आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका छन् । 

उनले आगामी १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा आफ्नो समर्थन रास्वपाका उम्मेदवारलाई रहने बताएका हुन् ।      

‘छोटो समयमा देशले रूपान्तरण खोजेको छ । त्यो रूपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ । र, त्यो टिममा ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरूको समूह हो । त्यो भएको हुनाले उहाँहरूलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ,’ सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भने । 

उनले तत्काल रास्वपामा प्रवेश गर्नेबारे भने नसोचेको बताए । पौडेल लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा उनले पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव प्रतिस्पर्धा गरेका थिए । 
 
 





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार १०:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया