logo-img

ह्याम्स अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना

काठमाडौंको ह्याम्स अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टरमा रहेका पाइलट सकुशल रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकोप्टरको पुच्छरको पंखा खुस्किएको हो । दुर्घटना भई हेलिकोप्टरको पंखा नजिकैको घरको छानामा खसेको हो । 

डाक्टर लिएर भरतपुर जानका लागि हेलिकोप्टर विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको थियो । हेलिकोप्टर बिरामी लिनका लागि भरतपुर जान लागेको हो । 



हेलिकोप्टरलाई अस्पतालको हेलिप्याडमा नै राखेर थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार १५:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया