आत्महत्या दुरुत्साहनमा पक्राउ पुर्जी जारी भएपछि इन्भेष्टमेन्ट बैंकका सुरक्षागार्ड भारत फरार

आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन् ।

सोमबार कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा शनिबार उनी भागेर भारतको नयाँ दिल्ली पुगेका हुन् । आतबार बिहानै उनले सामाजिक सञ्जालमार्फत आफू भारतको नयाँ दिल्लीमा रहेको जानकारी साझा गरेका छन् । 

सशस्त्र प्रहरीका पूर्वहवल्दारसमेत रहेका नेपाली पक्राउ पर्ने डरले भारत भागेका हुन् । गत चैत्र ३ गते उनका भिनाजु कैलालीस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मृत भिनाजुले आफूलाई मर्न बाध्य पारेको भन्दै उदिपसहित उदिपकी श्रीमती सीमा नेपाली, उनको दाइको छोरा मन नेपाली र मृतककी श्रीमती खिरु नेपाली र डिभिजन वन कार्यालय भजनीमा कार्यरत भिमे भन्ने भीम विकको नाम लेखेर छाडेको सुसाइड नोट प्रहरीले फेला पारेको थियो ।

कैलालीको भजनीस्थित इलाका प्रहरी कार्यलयमा अभियुक्तहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको छ भने हालसम्म दुईजना आरोपित पक्राउ परेका इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १३:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया