धौलागिरि आधार शिविरमा हेलिकाेप्टर दुर्घटना

हेली एभरेष्टको ९ एन–एएनबी (एएस–३५०) नम्बरको हेलिकाेप्टर अवतरणका क्रममा दुर्घटनामा परेकाे छ । धौलागिरि आधार शिविरमा हेलिकाेप्टर दुर्घटना भएको हाे ।

कुनै मानवीय क्षति भएको विवरण भने आएको छैन । 
कार्गो सामान लिएर उक्त हेलिकप्टर धौलागिरि आधारशिविर पुगेको थियो ।

हेलिकाेप्टरमा पाइलट प्रिया अधिकारी मात्र रहेको र उनी सामान्य अवस्थामा रहेको बताइएको छ । 

आधारशिविर नजिकै अवतरण गर्ने क्रममा समस्या देखिएपछि पाएलटले फोर्स ल्यान्डिङको गर्न खोज्दा उक्त हेलिकप्टर दुर्घटना भएको जनाइएको छ ।

पाइलटलाई अर्को हेलिकाेप्टरबाट तत्कालै उद्धार गरी काठमाडौं ल्याउन लागिएको छ ।





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १३:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया