राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त भएका छन्।

आइतबार सूचना आयोगका पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत रहेका पोखरेललाई राष्ट्रपति पौडेलले  प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिले यसअघि कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल, निजी सचिवमा चिरञ्जीवी अधिकारी र राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापालाई नियुक्त गरेका थिए । 





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १६:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया