चलचित्र ‘गणपति’ को टिजर रिलिज

आगामी वर्षको ५ जेठमा रिलिज हुने नेपाली चलचित्र ‘गणपति’ को टिजर रिलिज गरिएको छ । आस्थाको रूपमा रहेका भगवान र भौतिकरूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको टिजरमा प्रमुख कलाकारलाई देखाइएको छ ।

टिजरमा एक व्यक्तिको अस्वभाविकरूपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढावलाई देखाइएको छ । बच्चा जन्मेपछि खुसी मनाउँदै भजनकृतन गरिएको टिजरमा देखाइएको छ भने बाल्यकालको प्रेम र युवा अवस्थाको आक्रोशलाई पनि टिजरमा देख्न सकिन्छ ।  

सबिन अधिकारीले निर्देशन गरेको यस चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

निर्देशक अधिकारीले यो ‘गणपति’ ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताए । उनले कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान बनेन र उही व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यो चलचित्रमा प्रस्तुत गरिएको बताए ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रमा अभिनेता भुसाल टाइटल क्यारेटरमा छन् ।

‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुसालको भनाइ छ । यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारूवासमा भएको हो ।   





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १२:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया