सहिद स्मारक लिग : थ्रीस्टार र मनाङ मर्स्याङ्दीबीच १-१ को बराबरी

सहिद स्मारक लिगमा सोमबार  थ्रीस्टारले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेको छ । 

दशरथ रंगशालमा भएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । सात वर्षपछि थ्रीस्टार फर्केका सन्तोष साहुखलले ७८औं मिनेटमा पूर्व क्लब मनाङविरुद्ध गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । 

मनाङका लागि ८४औं मिनेटमा विदेशी खेलाडी टिमोथी कोउडोले बराबरी गोल फर्काए । बराबरीपछि मनाङले जारी सिजन अपराजित यात्रालाई ७ खेलसम्म कायम राखेको छ ।

४ खेल जितेको मनाङले ३ खेल बराबरी खेलेको छ । ७ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा कायम छ ।

सातौं चरणको खेल समाप्त हुँदा मनाङले दोस्रो स्थानको जावलाखेल युथ क्लबमाथि एक अंकको अग्रता बनाएको छ ।  ७ खेलबाट ११ अंक जोडेको थ्रीस्टार छैटौँ स्थानमा छ ।





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार २१:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया