logo-img

ज्याला मजदुरमाथि ठेकेदारको अमानवीय व्यवहार : विद्युत् पोलमा बाँधेर कुटे, कपाल मुण्डन गरिदिए

महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका–६ का निर्माण व्यवसायी कृष्ण मिश्रले स्थानीय मोबारक नदाफलाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो ।

गत २३ चैतको बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत् पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए ।

अनुसन्धानका क्रममा व्यवसायी मिश्रले ती कर्मचारीको कपाल मुण्डन गर्नुका साथै मोसो दलेर दुर्व्यवहार गरेको पाइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीले जानकारी दिए ।    

‘मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले । मान्छेहरूले त्यहाँ रमिता हेरेर बसेका थिए । प्रहरीलाई खबर पनि गरिएनछ । यो घटनाले उनलाई विक्षिप्त बनाइयो,’ डिएसपी गिरीले भने । 

घटनाको भोलिपल्ट सामाजिक सञ्जालमा भिडियो दखेपछि प्रहरीले मिश्रलाई नियन्त्रणमा लिएको छ । उनीविरुद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए ।



रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए । औजार लिएर आएपछि पैसा दिने भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटेको स्थानीयले बताएका छन् । 



  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १२:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया