प्रादेशिक अस्पताल सिरहामा आगलागी, एक जनाको मृत्यु

प्रादेशिक अस्पताल सिरहामा आगलागी भएको छ । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो । 

दिउँसो २ बजेको समयमा आगलागी भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार विद्युत सर्ट भएर आगलागी भएको छ । 

आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो । यसैबिच, बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एक जना बिरामीको मृत्यु भएको छ । 

सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदीप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ । 





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १६:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया