नयाँ वर्षमा यस्तो अफर दिइरहेको छ टेलिकमले

नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरूका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराइरहेको छ । 

टेलिकमले नयाँ वर्षको अवसरमा भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराइरहेको हो । 

डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने ६ जिबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध गराइरहेको छ । 

त्यस्तै कम्पनीले ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराएको छ ।

रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध छ।  चैत ३० गतेदेखि नेपाल टेलिकमले उपलब्ध गराइरहेको यो अफर यही वैशाख ६ गतेसम्म लागू हुने छ ।  





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार ११:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया