सांसद खतिवडाको माग : केही बाँदर चीन निकासी गरियोस्, कि मार्ने अनुमति दिइयोस्

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई बाँदर बिक्री गर्न वा मार्न अनुमति दिन माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले श्रीलंकाले चीनलाई बाँदर बिक्री गर्न लागेको उल्लेख गर्दै सरकारसमक्ष यस्तो माग गरेका हुन् । 

‘एउटा समाचार सुनेको/पढेको थिए, श्रीलंकाले बाँदरलाई चीनतिर निकासी गरेछ र बेचेछ । हाम्रो पनि आर्थिक संकट परिरहेको छ । केही बाँदरहरू चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभामुखमार्फत अनुरोध गर्न चाहन्छु । कि मार्न अनुमति दिइयोस्,’ खतिवडाले भने । 

उनले ओखलढुंगामा रहेका एअरपोर्ट तत्काल सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराए ।  





  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १४:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया