बालकोटमा नयाँ ढल विस्तारका क्रममा माटोको ढिस्को खस्दा दुई कामदार पुरिए

भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारका क्रममा एक्कासि माटोको ढिस्को खस्दा दुईजना कामदार पुरिएका छन्। कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहँंदा उनीहरू पुरिएका हुन् । 

सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा साँंझ चार बजेपछि साे घटना भएकाे प्रहरीले जनाएको छ। घटनामा परेकाहरूको उद्धार कार्य जारी रहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए। 

पुरिनेमा सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय सियाराम सदालाई र सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने वर्ष २२ को नितेश सदा छन् । उनीहरूमध्ये सियारामको साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएकाे छ । नितेशको उद्धार कार्य जारी रहेको एसपी केसीले जनाए। 

निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी बस्ने ४६ वर्षीय रामदेव यादव एक्कासि बेहोस भएपछि उनलाई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेसनल पठाइएको छ। उनको अवस्था सामान्य छ।





  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १९:१२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया