मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, यस्तो छ प्लेइङ–११

एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेर फिल्डिङको मौका पाएको छ । नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ ।  

नेपालले मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसीलाई प्लेइङ–११ मा समावेश गरेको छैन । सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि पछिल्लो समय ज्ञानेन्द्र लगातार प्लेइङ–११ बाहिर छन् ।

उनी आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम श्रृंखलाहरूमा पनि प्लेइङ–११ को हिस्सा बन्न सकेका थिएनन् । प्रिमियर कपमा नेपाल र मलेसिया समूह ‘ए’ तथा सिंगापुर र हङकङ समूहमा ‘बी’ मा रहेका छन् । मलेसियाविरुद्ध नेपाल सहज जितको खोजीमा छ ।

मलेसिया भने घरेलु टोली नेपाललाई हराउँदै इतिहास रच्ने दाउमा छ । सन् २०१२ यता मलेसियासँग नेपालले पाँच वानडे म्याच खेलेको छ । जसमा नेपाल अपराजित छ । पछिल्लोपटक यी दुई टोलीले २०१८ मा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।   

सन् २०१४ मा भएको आइसिसी क्रिकेट लिग डिभिजन–३ को दुई खेलमा मलेसियाविरुद्ध नेपाल ३६ रन र ५ विकेटले विजयी भयो । २०१२ मा एसिसी ट्रफी एलिटको सेमिफाइनलमा नेपालले मलेसियालाई २१ रनले हरायो ।

सोही वर्षको सेप्टेम्बरमा भएको क्रिकेट लिग डिभिजन–४ मा नेपालले मलेसियाविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । नेपाल यसपालि प्रिमियर कपमा पनि मलेसियाविरुद्ध फराकिलो जित निकाल्ने योजनामा छ । 



प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।  उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आरिफ शेख,गुलशन झा​, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण लामिछाने । 



  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार ९:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया