logo-img

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार संकलन सहज र व्यवस्थित गर्न तयार गरिएको मिडिया सेन्टरबाट आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सेन्टरको सुरुआत गरेकी हुन् । 

प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मिडिया सेन्टरमा रहेका सञ्चारकर्मीसँग प्रत्यक्ष दोहोरो संवाद गरेकी थिइन् । मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो संवादको व्यवस्था मिलाइएको छ भने सञ्चारकर्मीले भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ । 

यसअघि नै प्रधानमन्त्री निवास बालुवाटारमा पनि सञ्चारकर्मीको सुविधाका लागि मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ ।





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार २२:१५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया