उपनिर्वाचनका कारण दुई विषयको परीक्षा स्थगित

वैशाख १० गते हुन लागेको उपनिर्वाचनका कारण त्रिभुवन विश्वविद्यालयले सो दिनको स्नातक तह प्रथम वर्षका दुई विषयको परीक्षा स्थगित गरेको छ । त्रिविको बुधबार बसेको सञ्चालक समितिको बैठकले परीक्षा स्थगितको निर्णय गरेको हो ।

निर्वाचन आयोग, गृहमन्त्रालय तथा शिक्षा मन्त्रालयबाट बारा २, तनहुँ १ र चितवन २ मा हुन लागेको संसदीय निर्वाचनका दिन परेको परीक्षा सार्न  अनुरोध आएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै त्यस दिनको हुने परीक्षा स्थगित गरेको हो । स्थगित भएको परीक्षा वैशाख १६ गतेका लागि सारेको सूचनामा उल्लेख गरिएको छ ।
 
त्यस दिन स्नातक तह प्रथम वर्षअन्तर्गत व्यवस्थापनतर्फ फाइनान्सियल एकाउन्ट एण्ड एनलाइसिसरएकाउन्टिङ फर फाइनान्सियल एनलाइसिस र मानविकी संकायतर्फ अंग्रेजी–नेपाली–नेपाल भाषा–मैथिली–संस्कृत भाषाको परीक्षा सारिएको परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार २१:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया