माई खोला हाइड्रोपावरको आइपिओ खुला

माई खोला हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीका लागि आइपिओ खुला गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता आइपिओ निष्कासनका लागि छुट्याएको थियो ।  

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । 

बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यस्तै, २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा १२ वैशाखसम्म आवेदन दिन सकिनेछ ।   





  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार १०:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया