logo-img

फेरि चुनावी अभियान घोषणा गर्दै अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेकाे छ । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान सुरु गर्नका लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

द वाशिङ्गटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उनका सहयोगीहरूले मङ्गलबार बाइडेनको सन् २०२० अभियान सुरुवातको चार बवर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन् ।

राष्ट्रपति बाइडेनले महिनौंदेखि आफू दोस्रो कार्यकालका लागि उम्मेदवार हुने योजनाको सङ्केत गरेका छन् । तर आधिकारिक घोषणा भने गरेका छैनन् ।



राष्ट्रपतिका शीर्ष सहयोगीहरूले चुपचाप चुनावी दौडका लागि व्यापक तयारी गरेका छन् । त्यसका निम्ति उनीहरूले राष्ट्रपति र प्रथम महिलासँग गत वर्षदेखि व्हाइट हाउस निवासमा नियमित भेटघाटहरू गर्दैछन् ।

बाइडेनका दुई शीर्ष सल्लाहकारहरू, अनिता डन र जेन ओमाली डिलनले पुन: निर्वाचन प्रयासहरूको निरीक्षण गर्दै आएका छन् । शीर्ष भूमिकाका लागि कर्मचारीहरूको अन्तर्वार्तासहित उनीहरू आन्तरिक तयारीमा होमिएका छन् ।  

उता डेमोक्र्याटिक राष्ट्रिय समितिले चुनावी परिदृश्य अध्ययन गर्न अनुसन्धान परियोजनाहरूलाई  आर्थिक सहयोग गरिरहेको छ । 





  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार १३:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया