logo-img

रेल चढेर भियतनाम हिँडे किम जङ उन

एजेन्सी – उत्तर कोरियाका नेता किम जङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइ गएका छन् ।

उनी रेलमा चढेर भियतनाम गएकाे काेरियाली अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनी त्यसतर्फ गएका हुन् । 

ट्रम्प र किमबीच फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक हुँदै छ । उनीहरुबीचको पहिलो शिखर बैठक गत वर्ष जुनमा सिङ्गापुरमा भएको थियो । 

भियतनामका राष्ट्रपति गुयन फु ट्रोङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्ने गरी हनोई गएका हुन् । किम नेतृत्वको भ्रमण टोलीमा सरकारी तथा पार्टीका उच्चपदस्थ अधिकारीहरु सहभागी छन् । 

किम झण्डै ३ दिन लगाएर चार हजार किलोमिटर यात्रा गरी भियतनामको राजधानी हनोई पुग्ने छन्। 

यसैबीच, उत्तर कोरियाका नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले पक्राउ गरेर सोधपुछपछि रिहा गरेकाे छ । 

किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले सोधपुछ गरेर रिहा गरेको हो । 

दुई नेताको शिखर बैठक हुनु अगाडी नै ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए । किमको नक्कल गर्ने हावर्ड एक्स खासमा हङ्कङ्का बासिन्दा रहेको जनाइएको छ । 







  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १३:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया