पद धरापमा परेपछि मुख्यमन्त्री अधिकारी भन्छन्- केन्द्रको समस्याले प्रदेशमा प्रभाव पर्नु गलत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ‘प्रदेश सरकार छुट्टै सरकार हुन्’ भन्ने कुराको अनुभूति सबैमा हुनुपर्ने बताएका छन् । प्रदेश सरकारका सन्दर्भमा स्वतन्त्र निर्णय गर्ने सामर्थ्य प्रदेशको हुनुपर्ने उनले बताए ।

संसद्मा विश्वासको मत लिनु अघिल्लो दिन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले भने, ‘नेपाल सरकारको छायाँ प्रदेश सरकारमा परेको छ, केन्द्रका पार्टीबीचको समस्याले प्रदेशमा पनि प्रभाव पर्नु गलत हो, यसले सङ्घीयता बलियो बनाउँदैन ।’ 

मुख्यन्त्री अधिकारीले संविधानको पालनाका लागि जुनसुकै जोखिम उठाउनसमेत आफू तयार रहेको स्पष्ट पारे । ‘हामीमा सत्तामोह छैन, मात्र अस्थिरता नहोस् भन्ने पक्षमा छौँ, संविधान आफ्नो अनुकूल व्याख्या गर्ने विषय होइन पनि होइन, संविधानको पूर्ण पालनाको पक्षमा छु,’ मुख्यमन्त्रीले अधिकारीले भने ।

सरकारले छोटो समयमा पनि सुशासन, विकास तथा गण्डकी प्रदेशको समृद्धिका लागि महत्वपूर्ण कार्य गरेको उनले बताए । ‘प्रदेशको औचित्यका बारेमा प्रश्न उठिरहेका बेला संविधानले परिकल्पना गरेअनुसार प्रदेशलाई समन्वयकारी र जनताको नजिक रहेर जनताको जनजीविकाको सवालमा बलियोरूपमा प्रस्तुत हुन ठोस कदम चालिएको छ,’ मुख्यमन्त्री अधिकारीले भने ।

नेकपा (एमाले) संसदीय दलका नेता मुख्यमन्त्री अधिकारी गत २५ पुसमा एमालेसहित, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 





  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार २१:४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया