logo-img

विमानको इन्जिनमा आगो लागेको आशंका

सोमबार राति साढे ९ बजे समयमा काठमाडौंको आकाशमा उडिरहेको फ्लाइ दुबईको विमानमा विस्फोटको आवाज सुनिएको छ । 

त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीका अनुसार फ्लाइ दुबईको विमानको इन्जिनमा समस्या देखिएको हो । 

उनले भने, ‘आकाशमा तीनपटक आवाज आएको सुनियो, विमानको इन्जिनमा आगोलागेको आशंका छ ।’ 



विमान त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको थियो । विमानलाई अवतरण गराउने प्रयास जारी छ । 

उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या, विमानस्थलमा अवतरणको प्रयास





  • प्रकाशित मिति : वैशाख ११, २०८० साेमबार २१:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया