चितवन–२ मा जीतभन्दा रवि ३४ हजार मतान्तरले अगाडि

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ जित नजिक पुगेका छन् । 

पछिल्लो परिणामअनुसार ५७ हजारभन्दा बढी मत गणना हुँदा उनले ४१ हजार ५०४ भोट प्राप्त गरेका छन् । लामिछानेका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मत ल्याएका छन् । 

लामिछाने–श्रेष्ठबीचको मतान्तर ३३ हजार ८०९ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३१९ मत प्राप्त गरेका छन् । 

चितवन–२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब गणना हुन बाँकी मत २१ हजार मात्र छ । यसपटक पनि चितवन–२ मा लामिछानेका जित निश्चित भएको छ ।  

गत ४ मंसिरको निर्वाचनमा उनी यही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । त्यो बेला लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । तेस्रो भएका एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याएका थिए ।



भारी मतान्तरका साथ विजयी भए पनि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी देखिएपछि सांसद पद खारेजीमा परेका कारण चितवन–२ मा पुनः निर्वाचन गरिएको हो ।      



  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार ८:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया