रविलाई बधाई दिँदै जीतनारायणले भने- रास्वपाले पुराना दल सच्चिनुपर्ने सन्देश दियो

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले जित नजिक पुगेका रास्वपा सभापति रवि लामिछानेलाई दलभन्दा माथि उठेर लागि काम गर्न सुझाव दिएका छन् ।  

मतगणना स्थल बाहिर लामिछानेलाई बधाई दिँदै श्रेष्ठले दलभन्दा माथि उठेर जनताको हक हितका लागि काम गर्न सुझाव दिएका हुन् । साथै, उनले लामिछाने अब आफ्नो पनि जनप्रतिनिधि भएको बताए ।

श्रेष्ठले रास्वपाको जितले पुराना पार्टी सच्चिनुपर्ने सन्देश दिएको समेत उल्लेख गरे । ‘हामीलाई सक्किने मन्जुर छैन । हामी सच्चिन्छौँ नै,’ उनले भने । 

बधाई थाप्दै लामिछानेले कांग्रेसका श्रेष्ठ चितवनको माटोमा भिजेको व्यक्ति भएकाले उनको सुझाव र सल्लाह लिएर आफू अघि बढ्ने बताए । लामिछाने उपनिर्वाचनमा पनि फराकिलो जित नजिक छन् । 

अहिलेसम्म उनले ४५ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । लामिछानेलाई पछ्याइरहेका श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् ।   
 





  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार १०:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया