बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता देखियो : ईश्वर पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मनमोहन अधिकारीको २४ औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरूबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए । वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखा परेको पोखरेलले बताए ।

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको उनको भनाइ छ । पोखरेलले वर्तमान गठबन्धन सिद्धान्तविहीन,उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरीत रहेको बताए । 

‘मनमोहन अधिकारीका विचार र कामहरूलाई अघि बढाउन जरुरी छ । आज हामी जुन अवस्था छौँ । एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता छ । यो आवश्यकता परिपूर्ति गर्नको लागि मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखा परेका छन्, एउटाले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको, देश बनाउने, विकास गर्ने कामको नेतृत्व गर्छ, त्यो नेकपा एमाले हो । अर्को भनेको एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको उल्लेख गरे । 





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार ११:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया