मधेस सरकारले १३६ वटै पालिकाको माटो परीक्षण गर्ने

मधेस प्रदेश सरकारले १३६ वटै पालिकाको माटो परीक्षण गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक टिमले घुम्ती टेस्ट ल्याबमार्फत माटो परीक्षण गर्न लागेको हो ।

आवश्यकता अनुसार कुन कुन मलखाद कति कति मात्रामा प्रयोग गर्ने भन्ने किसानहरूलाई जानकारीका लागि माटो परीक्षण गर्न लागेको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले प्राविधिक टोलीले प्रदेशका १३६ वटै पालिकामा घुम्ती टेस्ट ल्याबमार्फत ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने जानकारी दिए । 

माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकोले पालिका प्रमुखहरूलाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । 





  • प्रकाशित मिति : वैशाख १३, २०८० बुधबार १५:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया