logo-img

सामान्य प्रशासनले गर्‍यो २२ उपसचिवको सरुवा, को-कहाँ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत २२ जना उपसचिवको सरुवा गरिएको हो ।

जसअनुसार बिहीबार सरुवा भएका अर्थ मन्त्रालयका गणेश विक्रम शाहीको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा, शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का विष्णु प्रसाद भट्टराईको युवा तथा खेलकुद मन्त्रालयमा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकालको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशका लीलाधर अधिकारीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र अर्थ मन्त्रालयका नारायणप्रसाद मैनालीको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै उपराष्ट्रपति कार्यालयकी उपसचिव विमला रोका श्रेष्ठको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने त्यहाँका कृष्णप्रसाद बस्याललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, राष्ट्रिय योजना आयोगकी उपसचिव मुनका न्यौपानेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका राधाकृष्ण खतिवडाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू नरहरि तिवारीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, मनोज रेग्मीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, होम प्रसाद घिमिरेलाई गृह मन्त्रालय, विकाउ कुमार यादवलाई महालेखा नियन्त्रकको कार्यालय र मोहन पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कमल ज्ञवालीलाई जिल्ला समन्वय समितिको कार्यालय रुपन्देहीमा, सो ठाउका  उपसचिव धर्मा अर्याल बेल्वासेलाई प्रदेश प्रमुखको कार्यालय लुम्बिनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव पंकज भुर्तेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका उपसचिव राकेश गुरुङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र त्यहाँका उपसचिव सूर्य प्रसाद उपाध्यायलाई सहरी विकास मन्त्रालय, सहरी विकास मन्त्रालयका उपसचिव बलराम ढकाललाई गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव ज्योति केसी रावलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।



सरकारले ठूलो संख्यामा शाखा अधिकृतको सरुवाको तयारी गरेको छ भने केही सहसचिवको पनि सरुवा हुने बताइएको छ ।



  • प्रकाशित मिति : वैशाख १४, २०८० बिहीबार २३:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया