बालुवाटारमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेट, के भयो कुराकानी ?
तस्बिर : प्रदीपराज वन्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई चितवन–२ उपनिर्वाचनबाट निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिए । साथै, प्रचण्ड–लामिछानेबीचको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्री प्रचण्ड रास्वपालाई पनि सरकारमा सहभागी गराउन प्रयासरत छन् । रास्वपा भने यथास्थितिमा सरकारमा सहभागी नहुने अडानमा छ । सरकारले न्यूनतम् साझा कार्यक्रम परिवर्तन गरेपछि रास्वपाले तत्काल सरकारमा सहभागी हुने इच्छा नदेखाएको हो ।  

सरकारबारे निर्णय लिन रास्वपाले भोलिका लागि केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । 
 





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १०:११:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया