वीर अस्पतालकी स्टार्फ नर्स चिकित्सकको कोठामा मृत फेला

काठमाडौंको वीर अस्पतालमा कार्यरत एक स्टाफ नर्स एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् ।  

स्टाफ नर्स अनुमा श्रेष्ठ कोसी अस्पतालमा कार्यरत डा. सुजन ढकालको काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित कोठामा मृत भेटिएको प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको, तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १५:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया