एमाले सांसद लक्ष्मी कोइरी निलम्बित

हत्या आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। उनलाई मंगलबार निलम्बन गरेको संसद सचिवालयले जनाएको छ। 

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ। उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो। 

त्यसपछि फरार रहेका उनको खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको छ। 

काेइरी निलम्बन भएको सूचनाको पत्र टाँस गरी निलम्बनको जानकारी दिइएको हो।





  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार १७:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया