व्यवसायीको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ : उपराष्ट्रपति यादव
फाइल तस्बिर

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले उद्योगी, व्यवसायीहरूको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन् । 

उद्योगी, व्यवसायीहरूले चर्को ब्याजदरका कारण आफूहरू मारमा परेको गुनासो गरिरहेका बेला उपराष्ट्रपति यादवले लगानी, व्यावसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । 

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रोजगारी सृजना, आयात प्रतिस्थापन गरी निर्यात हुने बस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोडने काममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने बताए ।

उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीहरूले भोग्नु परेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराए । उनले भने, ‘देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा ग्रिलजन्य सामग्रीहरूको उत्पादनमा आत्मानिर्भर भई झण्डै आयातलाई प्रतिस्थापन गर्न सफल ग्रिल व्यवसायको भविष्य राम्रो भएको मैले महसुस गरेको छु’, उनले भने, ‘रोजगारी सृजना गर्न, आयातलाई प्रतिस्थापन गरी निर्यात गर्न सक्ने बस्तु उत्पादन हुने क्षेत्रको पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूलो उद्योगसँग जोड्ने काममा यहाँहरुको विशेष भूमिका रहनेछ भन्ने विश्वास लिएको छु । लगानी र व्यावसायिक वातावरण बनाउने र उद्योगी, व्यवसायीका समस्याहरू समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको यहाँ स्मरण गराउन चाहन्छु ।’

उपराष्ट्रपति यादवले ग्रिलजन्य सामग्रीहरूको उत्पादनमा मुलुकलाई करिब आत्मनिर्भर बनाउने काम गरेको चर्चा गर्दै ग्रिल व्यवसायीहरूको भविष्य झनै राम्रो रहेको बताए । 





  • प्रकाशित मिति : वैशाख २१, २०८० बिहीबार १३:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया