एचआईभी संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
फाइल फाेटाे

राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एचआईभी एड्स संक्रमितहरुको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठिमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरे । 

उनले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताए । उनले विभेदमा परेकाहरुले प्रहरीमा उजुरी गर्न आग्रह पनि गरे । प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न पनि उनले आग्रह गरे । 

उनले भने, ‘सरकारी निकायबाट प्रत्यक्ष रुपमा हुने विभेद र लाञ्छनाका विषयहरु आयोगको क्षेत्राधिकार भित्र पर्छ । आयोगमा जानकारी गराउन हामी अनुरोध गर्छौ । साथै व्यक्तिगत तहमा हुने विभेद अपराधको विषय हो । प्रहरीले त्यो विषय हेरेन भने पनि आयोगले हेर्छ । दण्डनीय हुने कुरालाई लुकाएर हुँदैन ।’

उनले एचआईभी संक्रमितलाई परिवार, समुदाय र विद्यालयहरुमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेद हुने गरेको उल्लेख गरे। त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरी कहाँ उजुरी गर्न आग्रह गरे । उजुरी उपर कठोरताका साथ कारबाही गरिने उनले बताए ।  





  • प्रकाशित मिति : वैशाख २२, २०८० शुक्रबार १३:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया