जनप्रतिनिधि र कर्मचारीलाई सरकारको निर्देशन- जथाभावी विदेश भ्रमणमा नजानू

सरकारले जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको हो । 

यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

आधिकारिकता पुष्टि हुन नसक्ने तथा गलत कागजात तयार गरी पठाएका अनुरोध पत्रमाथि मन्त्रालयले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।   





  • प्रकाशित मिति : वैशाख २३, २०८० शनिबार ७:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया