logo-img

डडेल्धुरामा झाडापखालाबाट १४ वर्षीया बालिकाको मृत्यु

डडेल्धुरामा झाडापाखालाबाट  एक बालिकाको मृत्यु भएको छ । जिल्लाको परशुरामनगरपालिका–८ गुप्तेगडाकी १४ वर्षीया संगीता धामीको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

केही दिनअघि बिरामी परेकी उनलाई मंगलबार नै जोगबुढा अस्पताल पुगाइएको थियो । धामीको झाडापखालाबाट मृत्यु भएको जोगबुडा अस्पतालका डा. जितेन्द्र चौधरीले पुष्टि गरे । 

संगीताको शरीरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको हो । यस्तै, सोही गाउँका अन्य तीनजना विरामीसमेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन् ।  



गुप्तेगडामा झाडापखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा खटिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले जानकारी दिए । 





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार ९:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया