इङवा हाइड्रोपावरको आइपिओ बाँडफाँट

इङवा हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले आज बिहान बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय ठमेलमा आइपिओ बाँडफाँट गरिएको हो ।  

सर्वसाधारणका लागि छुट्याइएको आइपिओ १ लाख २६ हजार ८ सय ५४ जनाले १०/१० कित्ता र ९ जनाले ११/११ कित्ता पाएका छन् ।  

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट https://nsmbl.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपिओको नतिजा हेर्न सक्नेछन् । 

सिडिएस एन्ड क्लियरिङले आइपिओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट www.ingwahydropowerltd.com.np बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आइपिओको नतिजा हेर्न सकिन्छ ।    

७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १२ लाख ६८ हजार ६ सय ३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था थियो ।  

कम्पनीले १३ वैशाखदेखि १७ गतेसम्म निष्कासन खुला गरेको थियो ।  कम्पनीले ताप्लेजुङमा ९.७ मेगावट जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।  





  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार १०:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया