logo-img

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गरेको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ । 

नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यका आयोजित उक्त प्रतियागिता जेठ ५ गतेसम्म जंगीअडस्थित टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा खुलातर्फ पुरुष एकल, महिला एकल र मिक्स युगल, भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल र युगल, ४५ वर्षमाथि एकल र युगल, ५५ वर्षमाथि एकल र युगल, ६५ र ७० वर्षमाथि एकल तथा इन्टर गभरमेन्टलतर्फ पुरुष एकल र युगल विधाहरू समावेश गरिएको छ ।



०६८ बाट मकवानपुर टेनिस संघको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौँडामा सञ्चालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिताले कोभिड–१९ महामारीलगायतका कारण निरन्तरता पाउन नसकेको हुँदा प्रतियोगितालाई निरन्तरता दिँदै अझ बृहद् र परिस्कृत रूपमा सञ्चालन गर्न यो प्रतियोगिता सुरु गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख २८, २०८० बिहीबार २१:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया