logo-img

दश वर्षे जनयुद्धमा मर्न डराइएन, भ्रष्टाचारीसँग झुक्दैनौँ : अग्नि सापकोटा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भ्रष्टाचार सफाइ अभियानमा माओवादी कसैसामु नझुक्ने बताएका छन् । १० वर्षे जनयुद्धमा मर्न नडराएको आफ्नो पार्टीले भ्रष्टाचारीसँग सम्झौता नगर्ने उनको भनाइ छ । 

काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार भएको उद्यमशीलताको विकास तथा उत्पादनसम्बन्धी एकदिने कार्यशालामा पूर्व सभामुखसमेत रहेका सापकोटाले सो प्रतिबद्धता जनाएका हुन् । 

शान्तिकालमा माओवादी अल्मलिएको जस्तो भएपनि अहिले आएर लय पकड्न थालेको महसुस भएको उनले बताए । गणतन्त्र स्थापना जनयुद्धको बलमा भएको बताउँदै उनले भ्रष्टाचार सफाइ गरेर समाजवाद स्थापनाको मार्ग कोर्ने जिम्मा पनि माओवादीको काँधमा आएको बताए । 



सापकोटाले तीन वर्ष सभामुख भएर बसे पनि अब पार्टीमा सक्रिय हुने बताए । विगतमा बटुलेका महत्वपूण अनुभव आफूले पार्टी र संगठन बलियो बनाउनमा लगानी गर्ने उनले प्रतिबद्धता जाहेर गरे । 

वास्तविक नायक जनता भएको र आफूहरु निमित्त पात्र मात्रै भएकोले जनविरोधी कार्य गर्न कसैलाई छुट नहुने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : वैशाख ३०, २०८० शनिबार २१:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया