logo-img

सभामुख हुँदा मलाई एमालेले बारम्बार सांघातिक हमला गर्यो : उपाध्यक्ष सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

०७८ भाद्र २ गते तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौती दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको उनको आरोप छ । 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अलग भई अर्को पार्टी खोलेका माधव नेपालसहितका नेतालाई कारबाहीको सूचना टाँस नगरेपछि आफूमाथि विपक्षी दल एमालेले विभिन्न स्थानमा सांघातिक हमला गरेको बताए ।



‘मैले १४ जना माधव कमरेडहरुको सूचना टाँस गरिनँ, त्यसपछि लगातार मेरो विरुद्ध आक्रमण गरे,’ उनले भने, ‘सदनमा मात्रै होइन, सांघातिक हमला गर्ने दुष्प्रयास गरे । बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे ।’ 

उपाध्यक्ष सापकोटाले सबै राजनीतिक दल एकताबद्ध भएर काम गर्ने हो भने कसैले पनि परास्त गर्न नसक्ने बताए । 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १७:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया