logo-img

एक महिनामा चट्याङबाट ५ को मृत्यु, ४३ जना घाइते

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् । 

प्राधिकरणका अनुसार गत १ वैशाखदेखि १ जेठसम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार गएराति चट्याङ लागेर दैलेखमा एकै घरका चारजना घाइते भएका छन् ।  

डुङेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । घाइतेहरूको उपचार भइरहेको छ  । 



देशका पहाडी जिल्लामा हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्नेक्रम जारी रहेकाले सावधानी अपनाउन मौसमविद् गोविन्द झाले आग्रह गरे । उनका अनुसार आज बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ पर्ने सम्भावना छ । प्रि–मनसुनमा चट्याङ पर्ने धेरै सम्भावना रहेको उनको भनाइ छ । 

चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न उनको सुझाव छ । अझै तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।  





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार १३:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया