राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानि मुद्दा

भारतीय कांग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानि मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ ।
 
न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पेस गर्न आदेश दिइएको छ । 

कांग्रेस नेता राहुल गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी (भाजपा)का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक स्थानीय नेताले मुद्दा दायर गरेका थिए ।

नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्न सक्छ, कांग्रेसमा यो सम्भव छैन’ भनेका थिए । यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो भने त्यसलाई चुनौती दिँदै उनले उच्च अदालतमा आवेदन गरेका थिए । 

तल्लो अदालतको सूचना खारेजीको माग आवेदनमा गरिएको थियो । 





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार २१:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया