सरकार व्यवसायीको समस्या समाधान गर्न लाग्नेछ : उपराष्ट्रपति यादव
फाइल तस्बिर

उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् । 

साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको टोलीसँग आज भएको भेटमा उनले व्यवसायीको समस्या राष्ट्रिय समस्या भएकाले उक्त समस्या समाधानमा सरकार लाग्ने बताएका हुन् । 

‘राष्ट्रपति ज्यूले भर्खरै संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले व्यवसायीको समस्या समाधान गर्ने विश्वास मैले लिएको छु, आउने बजेटले व्यवसायीको समस्या समाधान हुन्छ’, उपराष्ट्रपति यादवले भने । व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण व्यवसायी आफ्नो व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले महँगो घरभाडा, चर्को भन्सार दरबन्दी, विविध शीर्षकमा चर्को कर, कच्चापदार्थको अभाव, दक्ष जनशक्तिको अभाव, कारोबारमा मन्दीलगायतले व्यवसायी मारमा परेको बताए । 

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठ, सल्लाहकार सरोज थापा, उपाध्यक्ष सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, महासचिव रत्नबहादुर घिमिरे, कोषाध्यक्ष गणेशकुमार न्यौपाने, सदस्य देवराज कार्कीलगायत महासंघका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।  





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १४:३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया