मेक्सिकोमा गोली हानी पत्रकारको हत्या

मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मंगलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान सहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । 

उनले दशकौंसम्म विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्याएको जनाएको छ ।

सन् २००० यता मेक्सिकोमा १५० भन्दा बढी पत्रकारको हत्या भइसकेको छ । अधिकांश हत्याका घटनामा सजाय दिइएको छैन । 





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १२:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया